बिराटनगर गिरिजाप्रसाद कोइराला फुटबलको अन्तिमचारमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 581 पटक हेरिएको

सुनसरी चैत्र १७गते –बिराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा धनकुटा नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै बिराटनगर महानगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

बिराटनगरको जितमा भुवन बस्नेत एक्लैले २ गोल गरे । उनले खेलको ७२ औं र ८८औं मिनेटमा गोल गरेका थिए । अर्को एक गोल बिजय पोखरेलले खेलको ८३ औं मिनेटमा गरे । धनकुटाका लागि एकमात्र सान्तवना गोल दिपेन शाक्यले खेलको ७६औं मिनेटमा गरे । उक्त खेलको म्यानअफ द म्याच २ गोल गरेका भुवन बस्नेत नै घोषित भए ।

बिराटनगरले नगरपालिकाले अब सेमिफाइनलमा चैत्र १९गते सुनसरीको धरान उप महानगरपालिकासंग प्रतिष्पर्धा गर्नेछ । इटहरी स्थित क्षेत्रिय रंगशालामाजारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इनरुवा नगरपालिका र दमक नगरपालिका बिच खेल हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिए । प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेताले १ लाख पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey