नेपालको दुर्लभ इतिहास, एक पनि गोल नगरेर प्रतियोगिताको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 510 पटक हेरिएको

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बंगलादेशसँग गोलरहित बराबरीमा चिक्त बुझाएको छ । यो बराबरीपछि पनि नेपाल फाइनलमा प्रवेश गरेको छ । अब नेपालले उपाधिका लागि फेरी सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलाे पटक कुनैपनि गाेल नगरी प्रतियाेगिताकाे फाइनलमा पुगेकाे हाे ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके । चिरप्रतिद्धन्द्धी बंगलादेशविरुद्ध नेपालले केहि राम्रा मौका पाएको थियो । जसमा नेपाली टिम चुक्न पुग्यो । खेलको तेस्रो मिनेटमा खेलको तेस्रो मिनेटमा अनन्त तामाङको लामो पासमा अञ्जन विष्टले गरेको प्रयासलाई बंगलादेशी गोलकिपर साहिदुल आलमले क्लियर गरे ।

२१ औं मिनेटमा त्रिदेभको क्रसमा अञ्जन विष्टले फ्रि पोजिसनमा पाएको बललाई हेड गर्दा पोष्टमाथिबाट बाहिरीयो । २४ औं मिनेटमा त्रिदेभ गुरुङको डिबक्स भित्रबाट गरेको प्रहार फ्रेममा रहन सकेन ।

३७ औं मिनेटमा बंगलादेशले राम्रो अवसरको सिर्जना गरेको थियो । तर नेपाली डिफेन्डरले आफ्नो डिबक्समा रहेको बललाई मुस्किलले बचाए ।
४० औं मिनेटमा बंगलादेशका जमल भुयाको फ्रिकिक प्रहार फ्रेममा रहन सकेन । पहिलो हाफका अन्तिममा नेपालले अर्को राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

त्यसपछि दुबै टिमबाट थप मुभ हुन सकेन र खेल पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

५८ औं मिनेटमा अञ्जन विष्टले डिबक्समा पाएको बललाई राम्रोसँग कनेक्ट गर्न सकेनन् । जसका कारण उनको प्रहारलाई बंगलादेशी गोलकिपरले सहजै बचाए ।

६५ औं मिनेटमा रजित धिमालको पासमा अभिशेख रिजालले हेडको प्रयासपछि पोष्टबाट बाहिर रह्यो । ७३ औं मिनेटमा फेरी एक पटक नेपालको आक्रमणलाई बंगलादेशी गोलकिपरले बचाए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । योसँगै फाइनलमा सोमबार नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशको बराबरीपछि किर्गिस्तान टिम भने प्रतियोगिताबाट बाहिरीएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey