दिल्ली क्यापिटल्सको नयाँ कप्तान को ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 763 पटक हेरिएको

आईपीएल अप्रिल ९ तारिखदेखि शुरु हुँदैछ ।

गत सिजनको उप विजेता भएको दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरले भने आउँदो सिजनको आईपीएल गुमाउने भएका छन् ।

इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटका क्रममा घाइते भएकाल अय्यरले आईपीएल पनि गुमाउने पक्का भएको छ ।

उनी दिल्लीका कप्तान पनि हुन् । अय्यर घाइते भएपछि दिल्ली क्यापिटल्स अहिले नयाँ कप्तानको खोजिमा रहेको छ ।

अहिले उप कप्तान रहेका ऋषभ पन्त कप्तानको होडमा सबैभन्दा अगाडी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर, अक्सनबाट यसै सिजन दिल्लीमा आवद्ध भएको स्टिव स्मिथको सम्भावना पनि रहेको छ । त्यसैगरी रविचन्द्र आश्विन र शिखर धवनकाे विषयमा पनि छलफल हुने छ ।

दिल्लीले आज नयाँ कप्तान चयनका विषयमा निर्णय गर्न भन्दै बैठक बोलाएको छ ।

बैठकमा दिल्ली क्यापिटल्सका प्रमोटर किरन कुमार गान्धी र पार्थ जिन्दलका साथै प्रशिक्षक रिकी पोन्टिङ पनि भिडियो कन्फ्रेन्समार्फत कप्तान नियुक्तिको विषयमा छलफलमा भाग लिने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey