आइसीसीकाे बरियतामा स्टाेक तेस्राे र बाबर दाेस्राे स्थानमा उक्लिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 421 पटक हेरिएको

आइसीसीले सार्वजनिक गरेको एकदिवसिय क्रिकेटको नयाँ बरियतामा पाकिस्तानी खेलाडी बाबर अजाम दोस्रो स्थानमा उक्लिएका छन ।

यस्तै अलराउण्डमा इंग्ल्याण्डका बेन स्टोक तेस्रो स्थानमा पुगेका छन ।

यसअघिको बरियतामा ब्याटिङमा दोस्रो स्थानमा रहेका रोहित शर्मालाई पछि पार्दै बाबर अजामले त्यो स्थान लिएका छन ।

रोहित तेस्रो स्थानमा झरेका छन । शिर्ष स्थानमा विराट कोहली यथावत छन ।

यस्तै अलराउण्डमा इंग्ल्याण्डका बेन स्टोक्स शिर्ष तीनमा पुगेका छन । उनले क्रिस वोक्सलाई पछि पार्दै तेस्रो स्थान लिएका हुन ।

शिर्ष स्थानमा सकिव अल हसन र दोस्रो स्थानमा मोहम्मद नावी यथावत छन । बलिङमा भने शिर्ष १० मा कुनै परिवर्तन भएको छैन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey