एन्फाको तालिका अनुसार जेठसम्म १४ वटा घरेलु प्रतियोगिता हुँदै, चैतमा मात्र ९ वटा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 611 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाले देशमा हुने विभिन्न गोल्डकपको तालिका सार्वजनिक गरेको छ । जसमा १४ वटा प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार बैशाख २६ देखि जेठ पाँच गतेसम्म डंगिहट गोल्डकप, २०७७ को चैत १७ देखि २८ सम्म आहा रारा गोल्डकप, राजर्षी जनक गोल्डकप २०७७ चैत २१ देखि ३० गतेसम्म, विराट गोल्डकप चैत २६ देखि बैशाख चार गतेसम्म, महात्माबुद्ध गोल्डकप चैत २७ देखि बैशाख पाँच गतेसम्म, सिमरा गोल्डकप चैत ३० देखि बैशाख आठ गतेसम्म, बागेश्वरी गोल्डकप चैत २७ देखि बैशाख पाँच गतेसम्म, मदन भण्डारी गोल्डकप बैशाख दुई देखि नौ गतेसम्म, बेलबारी अन्तराष्ट्रिय प्रतियोगिता जेठ ६ देखि १५ गतेसम्म र पाँचौं अन्तराष्ट्रिय भरोल प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म हुने भएको छ ।

यस्तै स्वर्गियर विजय खड्की स्मृती चैतको १२ देखि २१ गतेसम्म हुनेछ । यस्तै बागमती गोल्डकप चैत १३ देखि २२ गतेसम्म हुनेछ भने शुभकामना गोल्डकप जेठको एक देखि आठ गतेसम्मको तालिका राखिएको छ । यस्तै उदयपुर गोल्डकप जेठ २९ देखि असार ५ गतेसम्म हुनेछ ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार चैत महिनामा मात्र ९ वटा प्रतियोगिता रहेका छन । जसमा एउटा प्रतियोगिता भइरहेका बेला अर्को प्रतियोगितापनि सुरु हुनेछ । यसले खेलाडीलाई पनि धपेडी हुने संभावना देखिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey