धवन शतक बनाउनबाट चुके

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१०
  • |
  • 682 पटक हेरिएको

भारत र इंग्ल्याण्डबीचको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा अहिले भारत र इंग्ल्याण्डविच प्रतिस्पर्धा भइरहेको छ ।

पुणेस्थित महाराष्ट्र क्रिकेट संघ स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको भारतका ओपनिङ ब्याट्सम्यान शिखर धवनले इंग्ल्याण्डविरुद्ध शतक बनाउन चुकेका छन्।

उनले १०६ बलमा ११ चौका र २ छक्कासहित ९८ रनको उत्कृष्ट पारी खेले। तर, उनले मात्र २ रनले शतक बनाउनबाट चुकेका हुन्। उनलाई बेन स्टोक्सले आउट गरेका हुन्।

योसँगै भारतले चौथो विकेट गुमाएको छ। यसअघि कप्तान विराट कोहली ५६, रोहित शर्मा २८ र श्रेयस अय्यर ६ रन बनाएर आउट भए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey