धरान ओपन गल्फ प्रतियोगिता भोलीबाट
- नेप्लेज
- |
- २०७७-१२-१०
- |
- 557 पटक हेरिएको
शूर्य नेपाल गल्फ टुर अन्तर्गतको धरान ओपन गल्फ प्रतियोगिता भोलीबाट सुरु हुँदैछ । धरान गल्फ क्लवमा हुने प्रतियोगिताको मुख्य प्रायोजक धरान उपमहानगरपालिका रहेको छ ।
मार्च २६ तारिखसम्म हुने प्रतियोगिता ५४ होलको हुनेछ । प्रतियोगितामा ३२ ब्यवसायीक गल्फर सहित ६ स्थानीय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी धरान पुग्ने क्रम जारी रहेको छ ।
प्रतियोगिताको विजेताले ९० हजार र उपविजेताले ५५ हजार रुपैयाँ पाउनेछन । यस्तै तेस्रो हुने खेलाडीले ४१ हजार रुपैयाँ हात पार्नेछन । यसका साथै शिर्ष २१ मा रहने खेलाडीले पनि पुरस्कार पाउने भएका छन ।
प्रतियोगिताको साविक विजेता बलबहादुर राईसँगै नेपाल नम्वर एक भुवन नगरकोटी, शुक्रबहादुर राईको पनि सहभागिता रहनेछ ।