भारतले जित्यो टी २० सिरिज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०८
  • |
  • 530 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको टी २० सिरिज भारतले जितेको छ । शनिबार राति भएको अन्तिम टी २० मा ३६ रनको जीत हात पार्दा भारतले सिरिज ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

भारतले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८८ रन बनायो । खराव शुरुवात गरको इंग्ल्याण्डले दोस्रो विकेटका लागि १३० रनको साझेदारी गर्दै कडा जवाफ दिएको थियो ।

डेभिड मलान र जोस बटलरले अर्धशतकीय पारि खेले पनि अरु खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेन । बट्लर ५२ रन बनाएर आउट भएपछि भारत खेलमा हावी भएको थियो । त्यसलगत्तै मलान पनि १४२ रन हुँदा ६८ रन बनाएर चौथो विकेटको रुपमा आउट भएपछि इंग्ल्याण्डको हातबाट खेल फुत्किन पुग्यो ।

भारतका सार्दुल ठाकुरले तीन विकेट लिँदा भुवनेश्वर कुमारले दुई विकेट हात पारे । अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर २२४ रन बनायो ।

भारतका लागि कप्तान विराट कोहली र रोहित शर्माले ओपनिङ गरेका थिए । यी दुईबीच पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै बलियो शुरुवात दिलाए । रोहित ६४ रन बनाएर आउट हुँदा ३४ बल फेस गरेका थिए ।
उनले पाँच छक्का र चार चौका प्रहार गरे ।

यसैगरी कोहली र सूर्यकुमार यादव मिलेर ४९ रनको साझेदारी गर्दै भारतलाई बलियो स्कोर तर्फ अघि बढाएका थिए । भारतले १४३ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो ।

सूर्यकुमार यादवले ३२ रन बनाउँदा १७ बलको सामना गरे । उनले दुई छक्का र तीन चौका प्रहार गरे । त्यसपछि हार्दिक पाण्ड्या र कप्तान कोहलीले नटआउट ८१ रनको साझेदारी गर्दै टिमको स्कोर २२४ पुर्‍याए ।

कोहली आउट नभई ८० रन बनाउँदा पाण्ड्या पनि ३९ रनमा नटआउट नै रहे । कोहलीले आफ्नो इनिङमा५२ बल फेस गर्दा दुई छक्का र सात चौका प्रहार गरे । यसैगरी पाण्ड्याले १७ बल फेस गर्दा चार चौका र दुई छक्का प्रहार गरे ।

इंग्ल्याण्डका आदिल रसिद र बेन स्टोक्सले समान एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey