२०२२ मा हुने टी-२० विश्वकपको क्षेत्रीय छनौट स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०५
  • |
  • 790 पटक हेरिएको

सन् २०२२ मा हुने पुरुषको टी-२० विश्वकपको क्षेत्रीय छनौट स्थगित भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले विज्ञेप्ती जारी गर्दै एशिया र अफ्रिकी महादेशको क्षेत्रीय छनोट स्थगित भएको जनाएको छ । सन् २०२२ को टी-२० विश्वकप अष्ट्रेलियामा हुँदैछ । कोरोनाको कारण देखाउँदै आइसीसीले क्षेत्रीय छनौट स्थगित गरेको बताएको छ ।

टी-२० विश्वकपमा स्थान बनाउनका लागि दुई चरणको एशिया छनौट बहराईनमा यहिबर्ष अप्रिल तीन देखि नौ तारिखसम्म हुने तालिका थियो । जहाँ घरेलु टिमसहित, कुवेत माल्दिभ्स, कतार र साउदी अरेविया भिड्ने योजना थियो । त्यसपछि कुवेतमा दोस्रो चरणको छनोट हुने थियो । जुन अक्टोबर २३ देखि २९ तारिखमा हुने बताइएको थियो ।

यो प्रतियोगितामा सहभागि धेरै जसो देशले कोरोनाका कारण सहभागिता गर्न कठिन भएको बताएपछि आइसीसीले प्रतियोगिता नै स्थगित गरेको हो ।

यसका साथै दषिण अफ्रिकामा हुने भनिएको अफ्रिकी महादशेको छनौटपनि नोभेम्बरमा सरेको छ । प्रतियोगिता नोभेम्बर २४ देखि २७ सम्म हुने भएको छ ।

नेपालले २०२२ को टी-२० विश्वकपका लागि क्षेत्रीय छनौट खेल्न नपर्ने भएकाले कुनै असर परेको छैन । यदि ग्लोबल छनौटपनि हुन नसकेको खण्डमा भने केहि घाटा लाग्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey