अफगानिस्तानकाे बिशाल लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०४
  • |
  • 664 पटक हेरिएको

जिम्बाब्वेविरूद्धकाे पहिलाे टी-२० खेलमा अफगानिस्तानले एक सय ९९ रनको विशाल लक्ष्य दिएको छ।

बुधबार आबुधाबीमा टस हारेर पहिले ब्याटिङको मौका पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९८ रन बनायो।

उसका लागि १९ वर्षीय ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। उनले ४७ बलमा ७ छक्का र ६ चौकासहित ८७ रन बनाए। यो उनको तेस्रो टी–२० अर्धशतक हो।

कप्तान असगर अफगानले ५५, करीम जनतले २७, राशिद खान र मोहम्मद नाबीले ७–७ रन बनाए।

बलिङमा रिचर्ड नगारावा र ब्लेसिंग मुझारबानीले २–२ तथा रायन बुर्लको नाममा एक विकेट रह्यो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey