एनभीए कप भलिबलकाे विजेताले ३ लाख पाउँने, खेलाडी र अफिसियलकाे बीमा गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२०
  • |
  • 276 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजनामा हुने आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेताले तीन तीन लाख रुपैयाँ पाउनेछन ।

नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरेर पुरुष र महिलाको विजेताले समान तीन तीन लाख रुपैयाँ पाउने जानकारी दिएको छ । अघिल्लो बर्ष विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउँदै आएकोमा यो बर्ष दुबै विधामा ५० हजार रुपैयाँ थप गरिएको छ ।

यस्तै प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछन । प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म हुने प्रतियोगितामा खेलाडी र अफिसियलको वीमा गर्ने बताइएको छ । प्रतियोगितामा सहभागि खेलाडी र अफिसियल गरेर कुल २०० भन्दा बढिको विमा हुने बताइएको छ । बीमाको राशी एक देखि दुई लाखको हुने भनिएको छ ।

यो प्रतियोगितामा पुरुषमा आठ र महिलामा ६ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको कुल खर्च २८ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । जसमा मुख्य प्रायोजकबाट १२ लाख रुपैयाँ पाउने बताएको छ ।

प्रतियोगितामा पूरुषमा आर्मी, एपीएफ, पुलिस, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्द र बुलबुल राराले प्रतिस्पर्धा गर्नेछन भने महिलामा तीन विभागिएसहित न्यू डायमण्ड, ढोरपाटन र भरतपुर मेट्रोले सहभागिता जनाउनेछन ।

कोरोनाका कारण अघिल्लो बर्ष हुन नसकेको यो प्रतियोगिता चीनमा हुने एशियन च्याम्पियनसिपको छनोटको आधारपनि हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey