अन्तराष्ट्रिय क्रिकेटरबाट अष्ट्रेलियामा गाडीको चालक बनेका तीन खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 405 पटक हेरिएको

खेलाडी जीवनमा जतिपनि चर्चा भएपनि टेष्ट मान्यता प्राप्त देशका खेलाडीले पनि करियरका बारेमा विकल्प खोज्नुपर्ने अवस्था अझैपनि कायमै छ । यस्तैमा केहि खेलाडीले आफ्नो देश छोडेर अर्को देशमा भएको भन्ने धेरै समाचार सुनेका छौ । यस्तैमा दुई जना श्रीलंकन र एक जना जिम्बावेका पूर्व खेलाडी अष्ट्रेलियाको मेलबर्नमा गाडी चालकको काममा ब्यस्त देखिए ।

श्रीलंकाका सुरज रनदिभ, चिन्थाका जयासिंगे र जिम्बावेका वाडिङटोन मायंगा खेलाडीको करियर सकिएपछि मेलबर्नमा रहेको फ्रेन्च कम्पनी ट्रान्सडेभको गाडी चालकका रुपमा काम गरिरहेका छन ।

अष्ट्रेलियन समाचार संस्था नाइन न्यूजले तीनै खेलाडीको बारेमा गरेको स्टोरीपछि उनीहरु फेरी एक पटक चर्चामा आएका छन ।

तनि खेलाडीले एक समय आफ्नो देशका लागि खेलेका थिए । तर उनीहरुले यतिबेला अष्ट्रेलियामा स्थानीय क्लवमा क्रिकेट खेल्नुका साथै गाडीको चालकका रुपमा पनि काम गरिरहेका छन ।

सन् २००९ डिसेम्बर नौ तारिखका दिन भारतविरुद्धको खेलमा श्रीलंकाबाट डेब्यु गरेका चिन्थाकाले देशको जर्सीमा पाँच वटा टी २० खेलेका थिए । यस्तै रनदीवले पनि श्रीलंकाको टिमबाट खेलेका थिए ।

यस्तै वाडिङटोन जिम्बावेबाट तिब्रगतिका बलरका रुपमा खेलेका थिए । जसमा उनले सन् २००५ र २००६ मा टेष्ट र तीन एकदिवसिय खेल खेलेका थिए ।

तर तीन खेलाडी यतिबेला अष्ट्रेलियाको मेलबर्नमा रहेका छन । उनीहरु त्यहाँको स्थानीय क्लवबाट क्रिकेट खेल्नुका साथै साइड कामका रुपमा गाडीको चालक पनि बनेका छन । रनदिपले डान्डेनोङ क्रिकेट क्लवबाट खेलिरहेका छन । उनले प्रान्तिय क्रिकेट प्रतियोगितामा पनि सहभागिता जनाएका छन । यस्तै रन्दिभले दिउँसो काम गर्ने र साँझ क्रिकेट खेल्ने गर्छन । उनले मेलबर्न क्रिकेट मैदानमा भारत र अष्ट्रेलियाको खेल अगाडी तयारीका बेला अष्ट्रेलियन टिमलाई नेटमा सहयोग पनि गरेका थिए ।

उनीहरु गाडी चलाइरहेको अवस्थामा धेरैले चिन्ने गरेको तर आफुहरु आफ्नो कामबाट निकै खुसी रहेको बताउछन । करियरमा राष्ट्रका लागि खेलेपनि आफ्नो जीवन सुखी पार्नका लागि गाडी चलाउनु कुनै सानो काम नभएको उनीहरुको भनाई छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey