नगरकप खेल्ने खेलाडीलाई वडाद्वारा खेलकुद सामाग्री हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१३
  • |
  • 443 पटक हेरिएको

हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को कार्यालयले नगरकप फुटबल तथा भलिबल खेल्ने खेलाडीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

हेटौंडामा शुक्रबारदेखि शुरु हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगिता र १९ गतेबाट सुरु हुने उपमेयरकप भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई विहीबार एक कार्यक्रमकाबीच खेलकुद सामाग्री प्रदान गरिएको हो ।

हेटौंडा–९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले खेलाडीलाई प्रतियोगिताको लागि आवश्यक जर्सी, ट्र्याक, जुराफ र बुट प्रदान गरेका हुन् ।

उनले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

उनले स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलाडीलाई अगाडी बढ्न हौसला मिलेको समेत बताए ।

प्रतियोगिताको लागि वडाले राष्ट्रिय स्तरमा हुने ए डिभिजन फुटबल खेलिरहेका यसै वडाका खेलाडी अमिर श्रेष्ठको कप्तानीमा पुरुष फुटबल टिम र आयुषा सिंहको कप्तानीमा महिला भलिबल टिम तयार पारेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey