काेराेनाले आइसीसी लिग टु का तीन सिरिज स्थगित, नेपालकाे ओमान भ्रमण नहुने पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-३०
  • |
  • 522 पटक हेरिएको

कोरोना भाइरसका कारणले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले विश्वकप लिग टु अन्तर्गत यो बर्षको मे महिनासम्म तय भएका तीन वटा सिरिजलाई स्थगित गरेको छ ।

जसमा मार्चमा हुने भनिएको नेपाल, ओमान र अमेरीकाको खेल स्थगित भएको छ । यसको अर्को मितीका बारेमा आइसीसीले चाँडै जानकारी दिने बताएको छ । ओमानमा कोरोनाको नियम परिवर्तन भएको र विदेशीलाई भ्रमणमा रोक लगाएकाले यो सिरिज स्थगित भएको छ ।

यस्तै अप्रिलमा हुने भनिएको पीएनजी, ओमान र स्कटल्याण्डको सिरिजपनि स्थगित भएको छ भने मे महिनामा हुने भनिएको पीएनजी, अमेरीका र नामिवियाको सिरिजपनि स्थगित भएको छ । सबैमा मुख्य कारण कोरोना नै देखाएको छ ।

ओमान सरकारले आफ्नो देश आउने सबैलाई सात दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने ब्यवस्था गर्नुका साथै अर्को सूचना जारी नहुँदासम्म समुहमा हुने खेलको आयोजना नगर्न पनि निर्देशन दिएको थियो ।

ओमानको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन लेभल थ्री को नोटिस जारी गरेपछि यो सिरिज अन्योलमा परेको थियो । ओमान क्रिकेट संघले सरकारलाई क्वारेन्टिनको समय केहि घटाउन अनुरोध गरे पनि त्यो अनुरोध अस्वीकृत भएको जनाइएको छ । त्यसपछि ओमान क्रिकेट संघले आइसीसीसँग प्रतियोगिताको मिति सार्नका लागि अनुरोध गरेको थियो ।

प्रतियोगिताको नयाँ मिति तीन महिनासम्म सर्नसक्ने अनुमान गरिएको छ । प्रतियोगिता सर्ने भन्ने सूचना आइसीसीले शुक्रबारसम्म सार्वजनिक गर्ने क्रिकेटका जानकार एक व्यक्तिले बताएका छन् । ओमानमा मार्चको १८ देखि २९ तारिखसम्म हुने तालिको रहेको प्रतियोगिता स्थगित हुने संकेत देखेपछि अमेरीकाले ४४ सदस्यीय टिमको प्रशिक्षण क्याम्प स्थगित गरिसकेकाे थियाे । यता नेपालले पनि यहि प्रतियोगिताका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।

अब नेपालले खेल्ने अर्को सिरिज जुलाईमा स्टकल्याण्डमा रहेको छ । जसमा नेपालले घरेलु टिम र नामिवियासँग प्रतिस्पर्धा गर्ने छ ।

आईसीसी विश्व लिग २ को तालिकामा ओमान १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । उसले १० खेल खेलेको छ । दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले १२ खेलमा १२ अंक जोडेको छ भने नेपालले चार खेल खेल्दा चार अंक जोडेको छ । नेपालले यो प्रतियोगितामा सबैभन्दा कम म्याच खेलेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey