कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२६
  • |
  • 333 पटक हेरिएको

धनगढी, २६ माघ  । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी सम्झौता गरिएको छ । कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच मुख्य प्रायोजन सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अब दोस्रो पटक सुदूरपश्चिममा हुन लागेको अवार्डको नाम कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस रहनेछ ।

‘यस पटक कोरोना भाइरसको महामारीका कारण अवार्ड आयोजनामा कठिनाई भईरहेको वर्तमान अवस्थामा मुख्य प्रायोजकको साथले हामी हौसिएका छौं ।’ सम्झौता कार्यक्रमको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सीताराम ओझाले भने– ‘हाम्रा दुई वटा संस्करण आयोजनामा मुख्य प्रायोजकको रुपमा साथ दिएकोमा कैलाली अस्पताललाई धन्यवाद सहित आगामी पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो यो सहकार्य र साथ आउने बर्षहरुमा निरन्तरताको लागि आग्रह गर्दछु ।’

पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक रहेको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउँनु निकै खुसीको खवर हो । यो अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक छ ।’ अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा बालरोग, मानसिक रोग, मुटुरोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिदैं आएको छ ।

मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजिवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, बर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनीक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । बर्ष प्रशिक्षक र बर्षको चर्चित खेलाडी विधाका लागि प्रायोजकको खोजी भईरहेको मञ्चका अध्यक्ष ओझाले बताए । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ ।


अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्‍याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey