मनाेरञ्ज रमण शर्मा भलिबल अवार्डकाे पुरस्कार राशी बढ्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१९
  • |
  • 178 पटक हेरिएको

नेपाल भलिबल संघले पछिल्लो एक बर्षदेखि प्रदान गर्दै आएको मनोरञ्जन रमण शर्मा उत्कृष्ट खेलाडीको पुरस्कार राशी अर्को बर्षबाट बढ्ने भएको छ ।

अघिल्लो बर्ष र यो बर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही ३५ हजार रुपैयाँ पाउँदै आएकोमा अर्को बर्षबाट ५० हजार रुपैयाँ हुने भएको छ ।

यो बर्ष मनोरञ्जन रमण शर्मा उत्कृष्ट खेलाडीको पुरस्कारबाट पुरुषमा इम राना र महिलामा प्रतिभा माली सम्मानित भएका थिए । जसले जनही ३५ हजार रुपैयाँ पाएका थिए ।

साे कार्यक्रमपछि पुरस्कार राशी ५० हजार पुर्याउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाले शर्मालाई जिस्क्याएपनि भलिबल संघका अध्यक्ष शर्माले अर्को बर्षबाट पुरस्कार ५० हजार रुपैयाँ दिने बताए ।

अहिलेसम्म यो पुरस्कार चार खेलाडीले पाइसकेका छन । जसमा पहिलो पटक पुरुषमा कुलबहादुर थापा र महिलामा सरस्वती चौधरीले पाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey