नविताले सुरू गरिन टेबलटेनिस एकेडेमी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१९
  • |
  • 253 पटक हेरिएको

टेबल टेनिसकी खेलाडी नविता श्रेष्ठले टेबल टेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छिन । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सोमबार आधिकारीक रुपमा उद्घाटन गरिएको हो ।

काठमाडौंको खुसिबुमा रहेको सो एकेडेमीको कुल लागत ३५ लाख रुपैयाँ रहेको छ । टेबल टेनिसमा कीर्तिमानी महिला खेलाडी नविताले युवा खेलाडी उत्पादनका लागि यो एकेडेमी सञ्चालनमा ल्याएकी हुन ।

आन्तरीक रुपमा यसअघि नै सुरु भएपनि औपचारिक रुपमा सोमबारबाट सञ्चालनमा आएको हो । जसमा ११ खेलाडी यसअघि नै अनुबन्ध भइसकेका छन ।

६ वटा बोर्ड राखिएको सो टेबलटेनिस एकेडेमी अन्तराष्ट्रिय मापदण्ड अनुसार खोलिएको नविताले बताइन । यो एकेडेमीमा प्रशिक्षणमात्र होइन प्रतियोगिता गर्नका लागि सक्षम रहेको बताइन ।

खेलाडीलाई सुविधा सहित प्रशिक्षण गर्नका लागि यो एकेडेमी खोलिएको र युवा र स्कुल कजेल पढ्ने विध्यार्थीलाई लक्षित गरेर एकेडेमी खोलिएको उनले बताइन ।खेलाडी हुँदा नविता आठ पटकसम्म राष्ट्रिय च्याम्पियन बनेकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey