पावर लिफ्टिङका विश्व च्याम्पियन रुप कार्कीको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०९
  • |
  • 170 पटक हेरिएको

नेप्लेज । अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलाडी रुप कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकामा बस्दै आएका कार्की केहि समयअघि नेपाल आएका थिए ।

बुटवलस्थित आफ्नै निवासमा हृदयघात भएपछि थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा कार्कीको बाटोमै निधन भएको हो ।

बाग्लुङ गलकोटमा जन्मिएका कार्कीको परिवार पछि बुटवल झरेको हो । उनी भने झण्डै २ दशकदेखि अमेरिकाको भर्जिनियामा बसिरहेका थिए ।

कार्की सन् २००९ देखि पावर लिफ्टिङ (भारत्तोलक) खेलमा लागेका हुन् । त्यसअघि उनले नेपालमा खेलकुदका कुनै पनि प्रतियोगितामा सहभागिता भएको जानकारी नरहेको नेपाल भारत्तोलन संघले जनाएको छ ।

सन् २०१२ देखि व्यवसायिक पावर लिफ्टिङ सुरु गरेका कार्कीले सन् २०१७ र २०१९ मा गरी दुईपल्ट अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा आफ्नो तौलसमूहमा स्वर्ण जितेका थिए ।

पछिल्लो समय उनी नेपालका बिभिन्न शहरमा पावर लिफ्टिङसम्बन्धी प्रशिक्षण दिँदै आइरहेको थियो । त्यसैले उनको नेपाल आउजाउ पनि बाक्लिएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey