पौडेललाई प्रचार प्रसारको बिदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२७
  • |
  • 189 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी श्री चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाई गरेका छन् ।

सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन् । यस्तै शाखाका अन्य कर्मचारीहरुले पौडेललाई मायाको चिनो सहित खादा ओडाएर सम्मानका साथ बिदाई गरे । पौडेल माघ १ गते देखि अवकास प्राप्त गर्दैछन् ।

बिगत ३३ बर्ष देखि अनवरत रुपमा राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी पौडेल करारमा कार्यरत थिए । ३३ बर्षको सेवामा कति सदस्य सचिव आए कति बरिष्ठ कर्मचारी सेवा निवृत भए तर उनको स्थाई भएर परिवारका लागि केहि सहयोग पु्र्याउने सपना भने सपनामानै समाप्त हुने भएको छ ।

एक स्थाई कर्मचारी सेवा निबृत्त हुँदा ठुलो धनरासी लिएर बिदा हुन्छन, तर यती लामो समय सम्म परिषद्लाई सेवा गरेका पौडेल खाली हात बिदाई हुँदैछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey