अरुणालाई स्पोर्टस अवार्ड जिताउन शुक्रबार र शनिबार पोखरामा भलिबल प्रतियोगिता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२३
  • |
  • 367 पटक हेरिएको

पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी भलिबलकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानमा पोखरामा शुक्रबारबाट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

त्यो प्रतियोगिताबाट उनलाई यो अवार्ड जिताउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो प्रतियोगितामा सहभागिता जनाउनका लागि पर्वत, नवलपुर, बागलुङ र कास्की जिल्लाका भलिबल टिमहरु पोखरा पुगिसकेका छन ।

शुक्रबार र शनिबार हुने यो प्रतियोगितामा एपीएफ र न्यू डायमण्ड विच प्रर्दशनी खेल हुनेछ ।

पल्सर स्पोर्टस अवार्डमा भलिवलकी अरुणालाई जिताउन विभिन्न कार्यक्रमहरु आयोजना गरि रकम संकलन गर्ने तथा भोटिङ गर्ने कार्यलाई पश्चिमाञ्चल भलिवल संघ र कास्की जिल्ला भलिवल संघले जारि राखेको छ ।

अरुणालाई जिताउन उनको गृह जिल्ला म्याग्दीमा समेत कार्यक्रमहरु भएका छन भने हाल सम्म करिव ४ लाख भन्दा वढी रकम संकलन भइसकेको छ । अरुणालाई जिताउन देश विदेशमा रहेका भलिवल खेलाडी देखि खेलप्रेमीहरुले रकम संकलन गरेको बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey