मण्डेकाजी, गाैरीका, सदिना, सावित्रा र अरूणा ‘पिपुल्स च्वाइस अवार्ड’ काे मनाेनयनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०३
  • |
  • 180 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्टस अवार्डका लागि पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले आज सार्वजनिक गरेको मनोनयनमा पाँच जना खेलाडीलाई समावेश गरिएको छ । जसमा मनोनयनमा पर्ने खेलाडीमा १३ औं दक्षिण एशियाली खेलकुदमा चार वटा स्वर्ण सहित कुल आठपदक जितेकी गौरिका सिंह, कतारेका मण्डकाजी श्रेष्ठ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र भलिबलकी कप्तान अरुणा शाही रहेका छन ।

पौडीकी गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुदमा एकै प्रतियोगितामा ४ वटा स्वर्ण जित्ने एक्लो खेलाडी बनिन । उनले दुई रजत र दुई काश्य पनि जितेकी थिइन ।

यस्तै भलिबलकी अरुणा शाहीले पनि सागमा महिला भलिबल टिमलाई रजन दिलाउन सफल कप्तानी गरेकी थिइन । यसका साथै बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि दिलाउने कप्तान बनेकी थिइन ।

१३ औं दक्षिण एशियाली खेलकुद सागमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठपनि यो मनोनयनमा परेका छन । उनले एकल काता र टिम कातामा सागमा स्वर्ण जितेका थिए ।

यस्तै बास्केटबलकी कप्तान सदिना श्रेष्ठपनि यो मनोनयनमा परेकी छिन। उनले पनि सागमा महिला बास्केटबलमा टिमलाई फाइनलमा पुर्याएकी थिइन । फुटबलकी स्ट्राइकर सावित्रा भण्डारीपनि यो मनोनयमा परेकी छिन । उनी भारतमा सम्पन्न इन्डिन्स वमन्स लिगमा सर्वाधिक गोलकर्ताका साथै टिमलाई च्याम्पियन बनाएकी थिइन । यस्तै सागमा पनि नेपाललाई रजत दिलाउन ठूलो भूमीका खेलेकी थिइन । त्यो अगाडी सन् २०१८ र १९ को सिजनमा सेतु एफसीबाट खेल्दा च्याम्पियन बनेकी थिइन ।

यो मनोनयनमा परेका खेलाडीको भोटिङका लागि सबैले ईसेवाबाट भोट गर्न पाउनेछन । पल्सर स्पोर्टस अवार्डका लागि इसेवाले अनलाईन टिकटको पार्टनरका रुपमा काम गर्नेछ । सम्झौता पत्रमा इसेवाका सिओओ रोशन लामिछाने र एनएसजेफका तर्फबाट प्रज्वल ओलीले हस्ताक्षर गरेका हुन ।

खेलाडीको भोटिङका लागि समर्थकले इसेवाको माध्यमबाट भोट गर्नुपर्नेछ । ईसेवाको एपबाट पिपुल्स च्याइस अवार्डको मनोनयनमा पर्ने खेलाडीलाई भोटिङ गर्न पाउनेछन । एक भोटबाट सय भोटसम्म एक पटकमा गर्न पाउनेछन ।

भोटिङबाट आएको ५० प्रतिशत र पत्रकारको २५ प्रतिशत र २५ प्रतिशत गरेर अन्तिममा विजेताको टुंगो लाग्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey