क्रिकेट खेलाडीकाे पीसीआर परीक्षण आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-०९
  • |
  • 218 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुकाे पीसीआर परीक्षण आज गरिदैं छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पीसीआर परीक्षण विहान ९ बजे पछि शुरुहुने छ । खेलाडी, प्रशिक्षक र ग्राउण्ड स्टाफ गरि झण्डै ५० जनाकाे पीसीआर परीक्षण गरिने छ ।

पीसीआर परीक्षणकाे जिम्मा स्टार अस्पताल सानेपाले लिएकाे छ । आज गरिएकाे पीसीआर परीक्षणमा नेगेटिभ आउनेहरुलाई बुधबारदेखि बन्द प्रशिक्षणमा राखिने छ ।

त्यसका लागि पहिलो चरणमा नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

त्यहाँ कार्यरत कर्मचारीलाई पनि पीसीआर परीक्षण गरेर आइशोलेशनमा राखिने छ ।

सबै स्वास्थ्य मापदण्ड पालना गरेर बन्द प्रशिक्षण शुरु गर्न लागिएको र सबै तयारी पुरा भएको क्यानका सदस्य दुर्गाराज पाठकले बताए ।

उनले भने, ‘खेलाडी तथा प्रशिक्षणमा सहयोगी रोलमा हुने सबैको पीसीआर परीक्षण आज गर्दैछौं ।’ पीसीआर परीक्षण त्रिवि क्रिकेट मैदानमै हुने छ ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका खेलाडी तथा अन्य स्टाफहरुलाई सहभागी गराइने छ । पोजेटिभ रिपोर्ट आउने सबैलाई आईशोलेशनमा पठाउने र नेगेटिभ आएपछि मात्रै सहभागी गराउने पनि सदस्य पाठकले बताए ।

प्रशिक्षकको जिम्मेवारी अहिलेलाई जगत टमाटालाई दिइएको छ । विदेशी प्रशिक्षक खोजिमा रहेको क्यानले १२ जनाको अन्तर्वार्ता गरे पनि अन्तिम नतिजा प्रकाशित गरेको छैन । त्यसैले अहिले टमाटाले नै प्रशिक्षणको जिम्मेवारी लिएका हुन् ।

पहिलो चरणमा कम्तिमा एक महिना प्रशिक्षण गराउने योजना रहेको छ । नेपालले अहिले नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तय भने भइसकेको छैन । मार्चमा सिरिज खेल्ने तयारी भए पनि त्यसअघि कुनै ठाउँमा म्याच खेल्ने ब्यवस्था गर्ने गरि तयारी भने भएको आधिकारिक निर्णय नभइसकेको जनाइएको छ ।

नेपाली क्रिकेट टिमका खेलाडीहरु पनि विभागीय क्लबहरु नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफमा आवद्ध छन् । उनीहरुलाई बिभागले रिलिज गरिसकेको पनि जनाइएको छ । आर्मी र एपीएफका खेलाडीहरु अहिले कुनै पनि तालिममा सहभागी नभए पनि पुलिसका खेलाडीहरु भने तालिममा रहेका थिए । उनीहरुलाई पनि सोमबार पुलिसले रिलिज गरेको जनाइएको छ ।

राष्ट्रिय टिममा बोलाइएका पुलिसका खेलाडीमा दीपेन्द्रसिंह ऐरी, पवन सराफ, आरिफ शेख, ललित राजवंशी, रासिद खान रहेका छन् । उनीहरु मंगलबार हुने पीसीआर परीक्षणमा सहभागी हुने छन् ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको राष्ट्रिय, सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, पारस खड्का, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey