मण्डेकाजी र आयशासहित सात खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मानित गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२८
  • |
  • 180 पटक हेरिएको

युवा तथा खेलकुद मन्त्रालयले बर्ष २०७७–७८ को राष्ट्रिय प्रतिभा पुरस्कारबाट सात खेलाडी, दुई प्रशिक्षकलाई सम्मान गर्ने भएको छ ।

मन्त्रालयले २०७७ असोज तीन गते यो पुरस्कारका लागि आवेदन दिन सार्वजनिक अपिल गरेको थियो । जसमा कुल ५२ जनाले आवेदन दिएका थिए । त्यसमा २७ खेलाडी, १२ प्रशिक्षक, तीन निर्णायक र चार खेल ब्यवस्थापन दुई खेल संघले नाम दर्ता गरेका थिए ।

जसमा राखेपको प्रतिभा कार्यविधी अनुसार आवेदनमा आएका सबैलाई सर्टलिष्ट गरेर कुल १४ जनालाई पुरस्कार दिने निर्णय गरेको छ ।

यो पुरस्कार पाउने खेलाडीमा सागमा दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ, यस्तै तेक्वान्दोकी आयशा शाक्य, साइक्लिङकी लक्ष्मी मगर, गल्फका सुवास तामाङ, शारिरिक शुगठनका समिर श्रेष्ठ, भारत्तोलनका विक्रम थापा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ छन ।

यस्तै प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ, तेक्वान्दोका नविन श्रेष्ठलाई पनि प्रतिभा पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, उत्कृष्ट संघमा नेपाल गल्फ संघ, खेल प्रायोजकमा काठमाडौं महानगरपालिका, खेल प्रायोजकमा कतार एयरवेज रहेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey