भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 200 पटक हेरिएको

माघ १६ऽ काठमाडाैं । ब्याटिङमा सुभम गिल र बलिङमा इशान पोरेल चम्किएपछि चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई २०२ रनको बिशाल हार चखाउँदै भारत न्यूजील्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

अब उपाधिका लागि विश्व क्रिकेटका दुई महारथीहरु भरत र अष्ट्रेलिया आमने सामने हुनेछन् । अष्ट्रेलिया अफगानिस्तानलाई हराउँदै यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

न्यूजील्याण्डको क्राइष्टचर्चस्थित हगले ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर २७२ रन बनाएको थियो । भारतका लागि शुभम गिलले १०२ रनको शतकीय अविजित पारी खेले । ९४ बल खेलेर उनले ७ चौका प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए ।

कप्तान पृथ्वी शले ४१ र मञ्जोत कालराले ४७ रन बनाएर भारतको सुरुवात राम्रो गरेका थिए । त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका एएस रोयले पनि ३३ रन बनाए ।

बलिङतर्फ पाकिस्तानमा मोहम्मद मुसाले ४ तथा अर्सद इक्बालले ३ विकेट लिए ।

ब्याटिङमा शानदार प्रदर्शन पछि बलिङ पनि उस्तै धारिलो भएपछि २७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान २९.३ ओभरमा ६९ रनमै समेटियो । पाकिस्तानमा मात्र तीन खेलाडीले दोहोरो अंकको रन बनाउन सके । रोहिल नाजिरले बनाएको १८ रन पाकिस्तानी ब्याट्सम्यानको सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो ।

पाकिस्तानको ब्याटिङ इनिङ ध्वस्त पार्ने क्रममा भारतीय बलर इशान पोरेलले ४ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै मात्र १७ रन खर्चिए । त्यस्तै शिव सिंह र रियान परागले समान २÷२ विकेट लिए ।

भारत र अष्ट्रेलियाबीचको फाइनल आगामी शनिबार हुनेछ भने पाकिस्तानले तेस्रो स्थानका लागि अफगानिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey