‘राइट पोजिसन’मा सहज देखिएनन् काउटिन्हो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 231 पटक हेरिएको

माघ १५ । ला लिगामा आइतबार बार्सिलोनाले रेलिगेसन जोनमा रहेको डेपोर्टिभो अलाभेससँग गरेको संघर्ष उसको अहिलेको लयका लागि निकै चुनौतिपूर्ण थियो ।

र, एउटा कुरा के प्रमाणित भएको छ भने फिलिप कोउटिन्हो स्वभाविक रुपमा ‘राइट साईडेड’ खेलाडी होइनन् ।

घरेलु टोली पहिलो हाफमा तालमेलको कमी थियो । र, मात्र लुईस स्वारेज र लियोनल मेस्सीमात्र हिजोको जितमा धन्यबादका पात्र हुन् ।

यो एउटा यस्तो तथ्य हो कि जुन अर्नेष्टो भाल्भर्डेले पछि होइन अहिल्यै पहिचान गर्दै समाधान गर्नुपर्छ ।

स्वभाविक रुपमा जुनसुकै खेलाडी पनि नाउ क्याम्पमा डेब्यू गर्दा नर्भस हुन्छन् । तर, काउटिन्हो त नाउ क्याम्पमा डेब्यू गर्दा निक्कै असहज पोजिसनमा देखिएका थिए ।

टिममा उनको उपयुक्त पोजिसन दिनुपर्नेछ । बिशेष रुपमा आन्द्रेस इनिएष्टा र काउटिन्होलाई व्यवस्थापन गर्नुपर्छ । इनिएष्टा ‘लेफट साइड’मा सजिलो महशुस गर्छन् ।

जव अबेलार्डो फर्णान्डेजले टिम संहाल्न थाले, अलाभेस धेरै एकीकृत बनेको छ । खेलाडीमा मनोबल उच्च बनेको छ भने उनीहरु शीर्ष डिभिजनका जुनसुकै खेलाडीलाई हराउन सक्षम देखिएका छन् ।

यस सिजन अपराजित रहेको बार्सिलोनालाई उसकै मैदानमा सुरुवाती गोल गरेर जोन गुडेट्टीले टिमको चतूर रणनीति प्रमाणित गरे । दोस्रो हाफको तुलनामा उनले पहिलो हाफमा टिममा खुलेर खेल्ने मौका पाएका थिए ।

पाउलिन्हो २ खेलमा बेन्चमा रहेपछि पहिलो पटक सुरुवाती ११ मा उत्रन पाए । सर्जियो बुस्केट र इभान राकिटिकको अनुपस्थितिमा प्रशिक्षक भाल्भर्डेले पाउलिन्होलाई विश्वास गरेका थिए । यद्यपि टोटनह्यामका पूर्व मिडफिल्डर पाउलिन्हो पनि आफ्नो पोजिसनमा आरामदायी देखिएका थिएनन् ।

पाहुना टोली अलाभेसले मिडफिल्डमा आफ्नो प्रभुत्व कायम राख्न संघर्ष गर्नुपरेको थियो । यद्यपि बकासो मुबारकले वास्तवमै निक्कै राम्रो खेल । घानाका यी खेलाडीले ‘लूज’ बललाई नियन्त्रण गर्न र विपक्षीको लयलाई रोक्न गरेको प्रयास साँच्चै सुन्दर थियो ।

एजेन्सी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey