उमेश राष्ट्रिय शारीरिक सुगठनकाे च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०२
  • |
  • 289 पटक हेरिएको

झापाका उमेश राईले राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन ।

धरानमा भएकाे प्रतियाेगितामा राई ७५ केजी भन्दा बढीको तौल समूहमा पहिलो भएकाे ओभरअलमा च्याम्पियन बनेका हुन् । रुपन्देहीका कृष्णप्रसाद श्रेष्ठ दोस्रो भए । उपाधिसँगै राईले २ लाख ५० हजार रुपैयाँ हात पारे भने श्रेष्ठले एक लाख रूपैयाँ पाए ।

राईले यसअघि ०७३ सालमा सम्पन्‍न १४ औं मिस्टर धर्मश्रीको समग्रमा तेस्रो स्थान बनाएका थिए भने ०७५ सालमा काठमाडौंमा भएको मिस्टर एभरेस्ट र साउथ एसियन च्याम्पियनसिपमा विजेता बनेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey