दाङमा जिल्लास्तरीय पारा टेवलटेनिस प्रतियोगिता सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२३
  • |
  • 259 पटक हेरिएको

चैत २३ दाङ । प्रथम दाङ जिल्लास्तरीय पारा टेवलटेनिस प्रतियोगिता २०७४ ह्वील चेयर पुरुष तर्फको उपाधी खिम बहादुर महतराले जितेका छन् ।

विश्व टेवलटेनिस दिवस अप्रिल ६ को अवसरमा अखिल नेपाल टेवलटेनिस संघ र अखिल नेपाल अपाङ्ग टेवल टेनिस संघको तत्वावधान तथा दाङ जिल्ला टेवल टेनिस संघको आयोजनामा संचालित प्रतियोगिताको फाइनलमा यज्ञ बहादुर विकलाई ३–० को सेटमा पराजित गर्दै खिम बहादुरले उपाधि जितेका हुन् ।

खेलमा खिम बहादुर पुन तेस्रो भएका छन् ।

त्यस्तै महिला स्टेण्डिङ तर्फको उपाधी भने अस्मिता बुढाले हात पारिन् । फाइनलमा निर्मला वलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अस्मिताले उपाधि उचालेकी हुन् ।

त्यस्तै पुरुष स्टेण्डिङ तर्फको उपाधि दिपक कुमार भुषालले जिते । उनले फाइनलमा शिवराज खड्कालाई ३–२ को सेटमा पराजित गरे ।

त्यस्तै गुरु प्रसाद चौधरी र धरम पुन तेस्रो भए ।

भेट्रानमा पारेश्वर न्यौपाने, लो भिजन फिजिकल च्यालेन्जमा कमला रोका र मस्कुलर डिस्ट्रभीको उपाधि छवि भन्डारीले जितेका छन् । प्रतियोगितामा ह्विल चेयर पुरुष,स्टेन्डिङ महिला तथा पुरुष, भेट्रान, लो भिजन र मस्कुलर डिस्ट्रभी गरी १४ जना खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey