मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टिकाराम लामा निर्वाचित

0

चैत्र २३, मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टिकाराम लामा निर्विरोध निर्वाचित भएका छन ।

लामासहित ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। लामा एन्फा अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पा पक्षका हुन्। अर्को पक्षले उम्मेदवारी नदिएका कारण उनी निर्विरोध भएका हुन्।

यसअघि गत चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा विवाद बढेपछि तत्कालिन अध्यक्ष राजेन्द्र श्रेष्ठले सूचना टाँसेर स्थगित भएको थियो । त्यसपछि मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले आफूहरुलाई मताधिकारबाट बञ्चित भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटको सुनुवाइपछि उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न आदेश दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन ‍स्थगित भएको थियो।

मकवानपुरको निर्वाचन सकिदा भक्तपुरको निर्वाचन चैत २७ का लागि तोकिएको छ।

दुई जिल्लाको निर्वाचनपछि एन्फाको निर्वाचन समितिले वैशाखको पहिलो साता केन्द्रीय समितिको निर्वाचन तोक्ने बताइएको छ। एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ।

 

Post Add 1025X115
Loading...