एन्फाको निर्वाचन तोकेकै मितिमा हुन्छ: फिफा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 168 पटक हेरिएको

चैत्र ९, काठमाडाै । चैत्र १४ गते हुने भनिएको अखिल नेपाल फुटबल संघको निर्वाचन तोकेकै समयमा हुने अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले जनाएको छ ।

भक्तपुर र मकवानपुरको निर्वाचन विवादका कारण हुन नसकेपछि दुबै संघका पदाधिकारीले आफहरुलाई निर्वाचनबाट बञ्चित गर्न खोजेको भन्दै ललितपुर उच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायधीश राजकुमार वनको एकल इजलासले दुबै संघलाई समावेश गरेर निर्वाचन गर्न र तत्कालका लागि तोकिएको मितिमा निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।

तर त्यसको २४ घण्टा पछि नै फिफाले इमेल पठाउँदै एन्फाको निर्वाचन तोकेकै समयमा हुने, तर त्यसअघि एन्फाले भक्तपुर र मकवानपुर जिल्लाको निर्वाचन गर्नुपर्ने बताएको छ ।

साथै फिफाले एन्फाको निर्वाचनका लागि आफ्ना प्रतिनिधि लुका नेपाल आउन लागेको पनि जानकारी गराए । लुका फिफाका मेम्बर एसोसियसनको डाइरेक्टर हुन् ।

एन्फाको केन्द्रीय निर्वाचनका लागि भक्तपुर र नवलपरासीबाहेक अरु सबै जिल्लामा चुनाव भइसकेको छ ।

भक्तपुरमा एकलौटी तरिकाले निर्वाचन गरेको भन्दै विरोद भएको थियो भने मकवानपुरमा संघमा रहेका दुई खेमाको विवादका कारण निर्वाचन हुन सकेको थिएन ।

यसपटक एन्फाको अध्यक्षका लागि कर्माछिरीङ शेर्पा र मणि कुँवर प्रतिस्पर्धामा छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey