एपीएफलाई हराउँदै मिलन क्रिकेट एकेडेमी जित्यो, टी–२० महिला क्रिकेट लिगको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 310 पटक हेरिएको

फागुन २६ । चितवनमा सम्पन्न टी–२० महिला क्रिकेट लिगको उपाधि मिलन क्रिकेट एकेडेमीले जितेको छ । फाइनलमा विभागिए टिम सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै उपाधि उचाल्यो ।

चितवनको रत्ननगर टांडी स्थित नेपाल माविको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मिलन एकेडेमीले २० ओभरमा ३ विकेट गुमाउदै एक सय ३२ रन बनायो ।

उसका लागि कप्तान रुविना क्षेत्रीले ६ चौकार र ४ छक्काको मद्दतले ६७ रन बनाए भने काजल श्रेष्ठले २९ तथा निरु थापाले सात रन बनाए ।

जवाफमा एपिएफ २० ओभरमा ६ विकेट गुमाउदै एक सय नौ रनमा रोकियो ।

एपिएफका लागि सरिता मगरले ३७ तथा इन्दु बर्माले ३० र करुणा भण्डारीले १८ रनको योगदान गरेपनि टिमलाई हारबाट बचाउन सकेनन ।

प्रतियोगिताको प्लेयर अफ द सिरीज रुविना क्षेत्री भइन भने बेष्ट ब्याट्सउमन सिता रानामगर, बेष्ट बलर सान्ती चौधरी र बेष्ट किपर काजल श्रेष्ठ बनिन ।

उपाधि विजेता मिलन एकेडेमीले ५० हजार रुपैया हात पार्यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey