अभ्यास खेलमा नेपालले युएईबाट पायो १७२ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 182 पटक हेरिएको

फागुन १५ । जिम्बावेमा हुने आइसीसी एकदिवसिय विश्वकप छनोट अगाडीको अभ्यास खेलमा युएईले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

मैदान गिलो भएपछि २९ ओभरमा झारीएको खेलमा युएईले ७ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । युएईको स्कोर ५ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो ।

नेपालका लागि ललितसिह भण्डारीले पहिलो विकेट लिए । त्यसपछि युएईका घुलाम साबेर र अस्फाक अहमेदले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्न सफल भए । तर पारस खड्काले साबेरलाई ३२ रनमा पेभेलियन फर्काएपछि नेपालले ७१ रनमा दोस्रो विकेट लियो ।

युएईको स्कोर ७३ रन हुदा नेपालका ललित राजब‌शिले विकेट लिए । युएईको स्कोर ९० रन हुदाँ ४ विकेट झर्यो । उसका अस्फाक अहमद ४२ रनमा आउट भए ।

युएईका लागि मोहम्मद उस्मानले २६ रन बनाए भने अद्नान मुफ्तिले ३७ रन बनाए ।

बलिङ तर्फ नेपालका ललित भण्डारीले ४ तथा ललित राजब‌शि र करण केसीले २-२ विकेट लिए ।

नेपालले अर्को अभ्यास खेल फागुन १७ गते हङकङविरुद्ध खेल्नेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey