एन्जल्स हार्टलाई बास्केटबलकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 272 पटक हेरिएको
काठमाडाै १ फागुन । एन्जल्स हार्टले प्रथम एक्टिभ अन्तर विद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बसुन्धारास्थित आयोजक एक्टिभ स्कुलको कोर्टमा भएको फाइनलमा एन्जल्स हार्टले बीएनएलाई २१–१५ ले पराजित ग-यो ।
एन्जल्स हार्टको जितमा ओसिस केसीले १० अंक योगदान गरे ।  ओडिसी इन्टरनेसनल एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो । हुकुम रोकाको ८ अंक सहयोगमा ओडिसीले नेपाल मोडेललाई १५–९ ले हरायो ।
फाइनलका सर्वाधिककर्ता ओसिस ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ज्ञानमालाले अनुशासित टिमको उपाधि हात पा-यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य रेशम लामा, एक्टिभका संस्थापक अध्यक्ष डा. गोपीलाल न्यौपाने र चिल्ड्रेन हेभनका प्रिन्सिपल ललित शर्माले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २५ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey