आयोजकलाई हराउँदै एपीएफ सिमरा गोल्डकपको क्वाटरफाइनलमा
- नेप्लेज
- |
- २०७४-१०-२६
- |
- 192 पटक हेरिएको
माघ २६ । आयोजक जनजागृतिको निलो टिमलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लव सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा भएको खेलमा एपीएफले जनजागृतिलाई २-० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । बल पोसेसनमा एपिएफले घरेलु टिमलाई दबावमा राखेको थियो ।
पहिलो हाफमा तुलनामा एपीएफले दोस्रो हाफमा राम्राे खेल खेल्यो । जसका कारण उसले गोल गर्न पनि सफल भयो ।
खेलको ४६औं मिनेटमा एपीएफका अञ्जन विष्टलाई डिबक्समा फल गरेपछि पेनाल्टी पाएको थियो । तर सो पेनाल्टीलाई अञ्जनले सही दिशा दिन सकेनन् ।
५६औं मिनेटमा रमशे दंगालले उत्कृष्ट प्रहार गरेपनि जन जागृतीका गोलकिपर दिलमानीले बचाए ।
७२औं मिनेटमा एपीएफले गोल गर्दै अग्रता दिलाए । उसका लागि रवि थापाले हेडमार्फत गोल गरे ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा जनजागृतिका गोलकिपरको गल्तीको फाइदा उठाउँदै रञ्जन विष्टले टिमलाई २-० को जित दिलाए ।