आहा राराको फाइनलिस्ट नै बुढासुब्बाको उपाधिका लागि भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 173 पटक हेरिएको

माघ २५ । बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुनः आहा रारा गोल्डकपको फाइनलिस्ट नै दोहोरीएका छन ।

आज भएको दोस्रो सेमिफाइनलमा कोलकाताको दुर्गापुर स्टिल्स फुटबल क्लवलाई १–०गोलले हराउदै थ्रिस्टार क्लव उपाधि नजिक पुगेका छ ।

धरान रंगशालामा भएको खेलमा थ्रिस्टारको जितमा विष्णु गुरुङले अन्तिम समयमा गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

तर ७५ औ मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपनि रेफ्रिले अफसाइड दिए । ८० औ मिनेटमा सुनील बलको पासमा निराजन खड्काको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

त्यसको एक मिनेटपछि पुनः थ्रिस्टारका विश्वास श्रेष्ठको प्रहार पोष्ट माथिबाट बाहिरीयो । तर खेलको इन्जुरी समयको अन्तिम मिनेटमा विष्णु गुरुङले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा प्रवेश गराए ।

उपाधिका लागि थ्रिस्टारले पुलिस क्लवसंग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey