कोपा अमेरिका : चिली र अर्जेन्टिनाले अंक बाँडे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 606 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आज विहान सकिएको खेलमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले गरेको गोलको अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।

३३ औं मिनेटमा मेस्सीले फ्रिकिक गोल गर्दै अर्गेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । यो सँगै मेस्सीले अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्‍याएका छन् ।

मेस्सीले उक्त गोल लिजेन्ड डिएगो म्याराडोनाको नाममा समर्पित गरेका थिए ।

तर दोस्रो हाफमा चिलीले बराबरी गोल गरेको थियो ।

Image

५७ औं मिनेटमा पेनाल्टी अवसर पाएपछि अटूरो भिडालको पेनाल्टी प्रहार अर्जेन्टिनाका गोलरक्षकले रोकिदिएका थिए । रिबाउण्ड बललाई इडोउरो भार्गासले गोलमा परिणत गर्दै चिलीलाई बराबरीमा फर्काएका थिए ।

खेल सुरु हुनुअघि लाइट र इफेक्टको प्रयोगद्वारा विश्व फुटबलकै सर्वकालीन महान खेलाडी अर्जेन्टाइन डिएगो म्याराडोनाको स्मरण गरिएको थियो ।

सन् १९८६ को विश्वकप जित्दाको म्याराडोनाको प्रदर्शनको भिडियो क्लिपहरु इफेक्टमार्फत मैदानमा देखाइएको थियो । म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो ।

Image

महादेशीय प्रतियोगितामा अर्जेन्टिनाका लागि चिली टाउको दुखाइ बन्ने गरेको छ । सन् २०१५ र २०१६ मा आयोजित कोपा अमेरिकाको फाइनलमा चिली नै अर्जेन्टिनाको बाधक बनेको थियो । गत सातामात्र विश्वकप छनोट अन्तर्गतको खेलमा पनि चिलीले अर्जेन्टिनालाई बराबरीमै रोकेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey