युराेकपमा नदेखिएका हालान्ड ग्रिककाे आइल्याण्डमा पार्टीमा रमाउँदै

  • Image नेप्लेज
  • १ असार २०७८, मङ्गलवार
  • 1304 पटक हेरिएको
युराेकपमा नदेखिएका हालान्ड ग्रिककाे आइल्याण्डमा पार्टीमा रमाउँदै

युरोपका विभिन्न ११ शहरमा भइरहेको युरोकपमा नदेखिने एक स्टार खेलाडी हुन इरलिङ हालान्ड । यतिबेला युरोकपको फिबर सबैलाई लागिरहेका बेला हालान्ड भने ग्रिकको एक आइल्याण्डमा पार्टीमा रमाइरहेको तस्विर सार्वजनिक भएका छन ।

बोरुसिया डर्टमुण्डका स्ट्राइकर हालान्ड फुटबलको अफसिजनको फाइदा निकै लुटिरहेका छन । उनी केहि महिला मित्रहरुसँग पार्टीमा रमाईरहेको तस्विर सार्वजनिक भएका छन ।

एक सय ५० मिलियन बजार भ्यालु रहेका हालन्डले दुई हजार दुई सय ५० पाउण्डका पानिको रंगको ड्रेस लगाएको देखिएका छन । नर्वेका स्टार हालान्ड बिकिनी पार्टीमा साथीहरुसँग रमाईरहेको देखिएका छन ।

हालान्डलाई भित्र्यानका लागि विभिन्न क्लवहरु निकै इच्छुक देखिएका छन । जसमा चेल्सी, म्यानचेस्टर सिटी जस्ता क्लव रहेका छन । अघिल्ला सिजनमा हालान्डले ४१ खेलमा ४१ गोल गरेका थिए ।

तर नर्वे युरो कपमा छनौट नहुँदा उनी यो प्रतियोगितामा देखिन पाएनन् ।

 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment