प्रिमियर लिगमा तेस्रो स्थानको लेस्टर पराजित

  • Image नेप्लेज
  • २५ वैशाख २०७८, शनिवार
  • 348 पटक हेरिएको
प्रिमियर लिगमा तेस्रो स्थानको लेस्टर पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको लेस्टर सिटी पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा लेस्टर न्यु कासल युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

लेस्टरको मैदानमा पाहुना टोली न्यु कासलले २२ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो ।

७३ औं मिनेटसम्म चार गोल गरेको न्यु कासलविरुद्ध लेस्टरले त्यसपछि २ गोल फर्काएको थियो ।

२२ औं मिनेटमा जोसेफ विलओकले गोल गर्दै शुरुवात गरेका थिए ।

३४ औं मिनेटमा पौल डुमेटले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि दोस्रो हाफमा कलुम विलसनले २ गोल गरेका थिए ।

६४ औ र ७३ औं मिनेटमा उनले लगातार २ गोल गरेपछि न्यु कासलले ४–० गोल अन्तरको अग्रता लिन सफल भयो ।

मार्स अलब्रिटनले जेम्स भर्डिको पासमा गोल गर्दै अग्रता ४–१ मा झारेको थियो ।

Image

त्यसको ७ मिनेट पछि केलिची इनह्यान्चोले गोल गरेर अग्रता ४–२ मा झारेपनि हार टार्न पर्याप्त बनेन् ।

यो नतिजासँगै लेस्टर ६३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने विजयी भएको न्यु कासल ३९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment