चितवन नेपाल सुपर लिगबाट बाहिर, पोखराको आशा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 443 पटक हेरिएको

एफसी चितवन नेपाल सुपर लिगको लिग चरणबाट नै बाहिरीएको छ । प्रतियोगितामा पोखरा थन्डर्ससँग दुई एकले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरीयो । चितवनले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । खेलको अन्तिम पाँच मिनेटमा पोखराले दुई गोल गर्दै प्लेअफको आशा कायमै राख्न सफल भयो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलको पाँचौ मिनेटमा चितवनका गोरानले उत्कृष्ट मौका पाउँदा उनको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

१५ औं मिनेटमा विशालको पावरफुल सटलाई पोखरा थन्डर्सका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । १७ औं मिनेटमा शिशिर लेखीको क्रसमा जर्ज प्रिन्स कार्कीले फितलो हेडर गरे ।

१८ औं मिनेटमा नितिन थापाको प्रहार पोष्टको निकै नजिकबाट बाहिरीयो । २९ मिनेटमा पोखराका रवी पासवानको क्रसमा आयुष घलानले उत्कृष्ट मौका खेर फाले ।

खेलको पहिलो हाफमा इन्जुरी समयमा रवी वासवानले प्रहार गरेको बलपनि पोष्टको निकै माथिबाट बाहिरीयो । त्यसपछि पनि दुबै टिमले खेलमा गोल गर्ने केहि अवसर पाएपनि सदुपयोग गर्न सकेनन् र पहिलो हाफमा गोलरहित बराबरी खेले ।

पहिलो हाफ गोलरहित बराबरी खेलकोे चितवनले दोस्रो हाफमा पनि केहि राम्रा मौका पाएको थियो । ५९ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको प्रहार पोखराका गोलकिपर दीप कार्कीले बचाए ।

६८ औं मिनेटमा मोउरा अब्बाले आफैले प्रहार गर्नुपर्ने बललाई क्रस गर्दा राम्रो अवसर खेर फाले । ७० औं मिनेटमा चितवनका लागि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका रुपबहादुर लामाको प्रहार क्रसबारमा लागेर फर्कियो ।

खेलको ७२ औं मिनेटमा चितवनले खेलमा अग्रता बनायो । उसका लागि शिशिर लेखीले उत्कृष्ट गोल गर्न सफल भए ।

त्यसपछिपनि चितवनले अरु दुई वटा गोलको अवसर पाएको थियो । तर त्यसलाई आत्मसाथ गर्न सकेनन् । खेलको ८२ औं मिनेटमा चितवन १० खेलाडीमा झर्न पुग्यो । उसका गोलकिपर विशाल सुनारले डिबक्स बाहिर आएर हातले बल प्रहार गरेपछि रेफ्रीले उनलाई सोझै रातोकार्ड दिए ।

जसका कारण डिबक्सका केहि बाहिर पाएको फ्रिकिकमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेल बराबरी गर्न सफल भए । खेलको ८८ औं मिनेटमा राजेश परियारको सशक्त प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउण्डमा नवयुग अफसाइड हुँदा उनको प्रहारलाई मान्यता दिइएन ।

१० खेलाडीको फाइदा उठाउँदै पोखराले खेलको अन्तिम आठ मिनेट निकै दबाव दिएको थियो । जसका कारण खेलको इन्जुरी समयको चौथो मिनेटमा पोखराले खेलमा फेरी अग्रता बनायो । उसका लागि रफायल रिम्गाले गोल गर्न सफल भए ।

त्यसपछि चितवन खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो । जितपछि पोखराले ६ खेलमा आठ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । तर अब पोखराले अर्काको खेलको नतिजा कुर्नुपर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey