टुसेलले चेल्सी सम्हालेको १०० दिनमा पाएको उल्लेख्य सफलता

  • Image नेप्लेज
  • २३ वैशाख २०७८, बिहिवार
  • 695 पटक हेरिएको
टुसेलले चेल्सी सम्हालेको १०० दिनमा पाएको उल्लेख्य सफलता

फुटबलमा सेन्टिमेन्ट निकै कम हुन्छ । कहिले खेलमा रिस हुन्छ भने कहिले जितको आगो फैलिएको हुन्छ । तर जे जति भएपनि अन्तिममा नतिजाकै आधारमा मुल्यांकन हुने गरिन्छ ।

अहिले चेल्सीका प्रशिक्षक थोमस टुसेलका लागि पनि यस्तै भएको छ । गत जनवरीमा फ्रांक लाम्पार्डलाई चेल्सीले बर्खास्त गरेपछि धेरैले पूर्व लेजेन्ड्री खेलाडीलाई अपमान गरेको भनेर आलोचना पनि गरियो ।

त्यसपछि चेल्सीको नयाँ प्रशिक्षकको हट सिटमा केहि समयपछि नै पेरीस सेन्ट जर्मेनबाट बर्खास्तीमा परेका थोमसलाई ल्याउने निर्णय गरियो । जसका कारण जनवरी २६ मा थोमसलाई चेल्सीको नयाँ प्रशिक्षकको जिम्मा दिइयो ।

चेल्सीको नयाँ प्रशिक्षकको जिम्मेवारी पाएको एक सय दिनमा टुसेल च्याम्पियन्स लिगको फाइनलमा पुगेका छन । जसका कारण अहिले चेल्सीले उचित प्रशिक्षकलाई ल्याएको भन्ने आंकलन गरिने थालेको छ ।

उनले चेल्सीलाई सम्हालेपछि च्याम्पियन्स लिगकाे फाइनलमा पुग्नु एफ ए कपको फाइनलमा पुगेको छ भने प्रिमियर लिगमा शिर्ष चारमा पुगेको छ ।

यसका साथै उनले यहि विचमा जिनेदिन जिदान, पेप ग्वार्डियोला, युर्गेन क्लोप, डिएगो समोन र जोजे मोउरिन्हो जस्ता प्रशिक्षकलाई मात खुवाएका छन ।

टुचेलको प्रशिक्षणमा चेल्सीले कुल २४ खेल खेलको छ । जसमा १६ जित, ६ बराबरी र दुई हार ब्यहोरेको छ । जसमा चेल्सीले ३२ गोल गर्दा १० गोल खाएको छ । चेल्सी यो विचमा १८ खेलमा क्लिनसिट भयो ।

टुचेलले चेल्सीको खेल्ने फरमेसनमा पनि परिवर्तन गरेका छन । –वा ३–४–१–को फरमेसनमा टिमलाई उतारेका छन ।

सम्बन्धित खबर