माेउरिन्हाेकाे राेमा यात्रा: टाेटनहमलाई फाइदा, सारीलाई घाटा

  • Image नेप्लेज
  • २१ वैशाख २०७८, मङ्गलवार
  • 935 पटक हेरिएको
माेउरिन्हाेकाे राेमा यात्रा: टाेटनहमलाई फाइदा, सारीलाई घाटा

टोटनहमका पूर्व प्रशिक्षक जोजे मोउरिन्होले इटालीय क्लव एएस रोमासँग तीन बर्षको नयाँ सम्झौता गर्दा त्यसको प्रत्यक्ष फाइदा टोटनहमलाई भएको छ भने ठूलो घाटा चेल्सीका पूर्व प्रशिक्षक माउरीजियो सारीलाई भएको छ ।

टोटनहमले बर्खास्त गरेको दुई सातामा नै नयाँ जिम्मेवारी पाएका मोउरिन्होले रोमासँग नयाँ सिजनबाट लागु हुने गरेर सम्झौता गरेका गरेका हुन । यसका प्रत्यक्ष फाइदा टोटनहमलाई भएको छ । टोटनहमले बर्खास्तीपछि पनि मोउरिन्होलाई करिव १६ मिलियन पाउण्ड तिर्नुपर्ने अवस्था थियो । त्यसमा उनले नयाँ काम नपाउँदासम्मका लागि टोटनहमले रकम दिनुपर्ने भनिएको थियो ।

तर रोमामा अनुबन्ध भएपनि मोउरिन्होले मात्र साँढे एक मिलियन पाउण्ड दिनुपर्ने भएको छ । अब टोटनहमले आठ साताको रकम हिसाव गरेर दिनुपर्नेछ ।

टोटनहमलाई फाइदा भएका बेला अर्को तर्फ चेल्सी, युभेन्टसका पूर्व प्रशिक्षक माउरिजियो सारीलाई भने ठूलो घाटा भएको छ । रोमाले सारीलाई ल्याउने भनेर कुरा गरेर लगभग पक्का जस्तै गरेको थियो । तर फ्रि एजेन्टमा रहेका मोउरिन्हो पदमुक्त भएपछि रोमाका मालिकले धेरै नसोचेर सारीलाई साइड लगाएर मोउरिन्होलाई सम्झौता गर्यो ।

यो सम्झौतापनि जोजे मोउरिन्हो फेरी एक पटक सिरी ए मा देखिने भएका छन । यसअघि उनले इन्टर मिलानलाई पनि प्रशिक्षण दिलाएका थिए । जहाँ उनको प्रशिक्षणमा इन्टरले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

सम्बन्धित खबर