हाभेर्टजकाे २ गाेलमा चेल्सीकाे सहज जित

  • Image नेप्लेज
  • १९ वैशाख २०७८, आइतवार
  • 383 पटक हेरिएको
हाभेर्टजकाे २ गाेलमा चेल्सीकाे सहज जित

इंग्लिस प्रिमियर लिगमा चेल्सीले रेलिगेसन जोनमा रहेको फुलह्यामलाई दुई शुन्यले हराएको छ । च्याम्पियन्स लिगको सेमिफाइलनमा रियालसँग खेल्ने तयारीमा रहेको चेल्सीले फुलह्यामसँगको जितले मनोबल उच्च बनाएको छ ।

घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा केई हाभेर्टजले दुई गोल गरे ।

खेलको १० औं मिनेटमा नै हाभेर्टजको गोलमा चेल्सीले अग्रता बनाएको थियो । उनले मासोन माउन्टको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि पनि चेल्सीले दुई वटा उत्कृष्ट मौका पाउँदा उसका स्ट्राइकर चुक्न पुगे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफको सुरुवातमा अन्तर दुई शुन्यमा पुर्यायो ।

उसका लागि टिमो वेरनेरको पासमा हाभेर्टजले नै गोल गरे । चेल्सीका लागि हाभेर्टसको गोलसंख्या कुल पाँच पुगेको छ । निकै ठूलो विश्वासका साथ फ्रांक लाम्पार्ड प्रशिक्षक हुँदा चेल्सीमा महंगो रकममा अनुबन्ध भएका हाभेर्टसले विचमा राम्रो गर्न नसक्दा निकै आलोचित भएका थिए । त्यसमापनि केहि समय उनी चोटका कारण मैदान बाहिर नै रहे ।

बाँकी समयमा दुबै टिमबाट अरु गोल भएन र चेल्सीले दुई शुन्यको जित निकाल्यो । यो जितपछि चेल्सीको ३४ खेलमा ६१ अंक भएको छ । उसले शिर्ष चारमा रहन सक्ने संभावना पनि बलियो बनाउँदै लगेको छ ।

रेलिगेसन जोनमा रहेको फुलहामको ३४ खेलमा २७ अंक छ ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment