आईपीएल : राजस्थानलले बैंग्लोरलाई १७८ रनको चुनौती
- नेप्लेज
- |
- २०७८-०१-०९
- |
- 355 पटक हेरिएको
इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले रोयल च्यालन्सर्ज बैंगलोरलाई १७८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७७ रनको स्कोर गरेको थियो ।
राजस्थानका लागि शिबम् दुवेले सर्वाधिक ४६ रन बनाउँदा राहुल टेवाटियाले ४० रनको योगदान गरेका थिए ।
यसैगरी रियान परागले २५ रन जोड्दा कप्तान सन्जु सामसनले २१ रन थपेका थिए ।
बैंग्लोरको मोहमद सिराज र हर्सल पटेलले तीन तीन विकेट लिए ।
जारी आईपीएलमा बैंग्लोर लगातार तीन खेलमा अपराजित रहेको छ भने राजस्थानले एक खेल मात्रै जित्न सफल भएको छ ।
आजको खेलमा बैंग्लोर विजयी भए शीर्ष स्थानमा उक्लने छ भने राजस्थान विजयी भए पाँचौं स्थानमा उक्लने छ ।