आईपीएलमा आज : लगातार चाैथाे जितकाे अपेक्षामा बैंग्लोर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 325 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार आज राति पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने छ ।

जारी आईपीएलमा लगातार तीन खेलमा जित हात पारेको बैंग्लोर दोस्रो स्थानमा रहेको छ । राजस्थानले भने अहिलेसम्म एक खेलमा मात्रै जित हात पार्दै तालिकाको २ अंकमात्रै जोडेको छ ।

राजस्थान आज दोस्रो जितको खोजिमा हुँदा बैंग्लोर लगातार चौथो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने प्रयासमा हुने छ । बैंग्लोर विराट कोहलीको कप्तानीमा रहेको छ भने राजस्थानको कप्तानी सन्जु सामसनले गरेका छन् ।

यसअघि वुधबार भएकाे दाेस्राे खेलमा चेन्नाइले काेलकता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै शीर्ष स्थानमा आफूलाई उकालेकाे थियाे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal