चेन्नेईकाे दाेस्राे जित, राजस्थान ४५ रनले पराजित
- नेप्लेज
- |
- २०७८-०१-०६
- |
- 323 पटक हेरिएको
इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हरायो । जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो ।
मुम्बईमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे चेन्नईले २० ओभरमा नाै विकेट गुमाउदै एक सय ८८ रन बनायो ।
राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।
जवाफमा राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदा एकसय ४३ रनमा रोकियो ।
राजस्थानका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । ३० रनमा पहिलो विकेट गुमाएको राजस्थानले ४५ रनमा दोस्रो तथा ८७ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को गरि आउट भए ।
राजस्थानको स्कोर ९० रन हुँदा चार विकेट गुमेको थियो । तर त्यसपछि स्कोरबोर्डमा अरु पाँच रन जोड्दा थप तीन विकेट गुमायो ।
राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए भने शिभंम दुबेले १७ तथा मनन बोहराले १४ रनको योगदान गरे ।
कप्तान सञ्जु सामसन मात्र एक रनमा आउट भए भने डेविड मिलरले दुई रन बनाए । यस्तै रायन प्राग तीन रनमा पेभेलियन फर्किदा क्रिस मोरिसले खाता खोल्न सकेनन् ।
उसका राहुल टेवाटियाले २० रन बनाए भने जयदेभ उनादकटले २४ रन बनाए ।
बलिङमा मोयन अलीले तीन विकेट लिए भने साम कुरान र रविन्द्र जडेजाले दुई दुई विकेट हात पारे । जितपछि चेन्नेईले तीन खेलमा चार अंक बनाएको छ ।