लिभरपुलकाे खेल अगाडी रियालकाे बसमा आक्रमण

  • Image नेप्लेज
  • २ वैशाख २०७८, बिहिवार
  • 490 पटक हेरिएको
लिभरपुलकाे खेल अगाडी रियालकाे बसमा आक्रमण

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेग भन्दा अगाडी रियाल मड्रिडको टिम चढेको बसमा आक्रमण भएको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलका लागि जाने क्रममा रियालको बसमा अपरिचित ब्यक्तिहरुले आक्रमण गरेका छन । जसका कारण रियालको बसको गाडीको सिसा फुटेको बताइएको छ ।

लिभरपुलको स्थानीय पुलिसका अनुसार एनफिल्ड रोडमा करिव चार सयको हारहारीमा मानिस जम्मा भएको त्यो विचमा कसले गाडीमा ढुंगा प्रहार गर्यो भन्ने एकिन नभएको बताएको छ ।

ढुंगा प्रहार हुँदा रियालको टिम चडेको बसको गाडीको एक पट्टिको भागमा सिसा फुटेको छ ।

रियालको टिमको बसमा भएको आक्रमणको लिभरपुलका प्रवक्ताले खेल ब्यक्त गरेका छन । उनले पाहुना टिमलाई माफीपनि मागेका छन । उनले पुलिससँग यो घटनाका विषयमा मिलेर अनुसन्धान गर्ने बताएका छन ।

सो खेलमा रियालले लिभरपुलसँग गोलरहित बराबरी खेलेपनि पहिलो लिगमा हात पारेको तीन एकको जितले स्पेनीस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment