रियाल ३० औं‌ पटक युराेपियन प्रतियाेगिताकाे सेमिफाइनलमा, लिभरपुल बाहिरीयाे

  • Image नेप्लेज
  • २ वैशाख २०७८, बिहिवार
  • 608 पटक हेरिएको
रियाल ३० औं‌ पटक युराेपियन प्रतियाेगिताकाे सेमिफाइनलमा, लिभरपुल बाहिरीयाे

प्रिमियर लिगको साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरीएको छ ।

स्पेनीस क्लव रियाल मड्रिडसँग तीन एकले पराजित भएपछि लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरीएको हो । योसँगै जिनेदिन जिदानको टिम रियाल मड्रिड सेमिफाइलनमा प्रवेश गरेको छ ।

गएराति लिभरपुलको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल र रियाल विचको खेल गोलरहित बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको तीन एकको जित नै रियाललाई सेमिफाइनलमा पुग्न पर्याप्त बन्यो ।

दोस्रो लेगमा लिभरपुलले पहिलो हाफमा नै केहि मौका पाएको थियो । जसमा मोहम्मद सलाह, जेम्स मिल्नरले मौका खेर फाले ।

यस्तै रियालका करिम बेन्जिमाको प्रहार पनि पोष्टमा लागेर फर्किएको थियो । दोस्रो हाफमा पनि लिभरपुलले गोलका लागि निकै प्रयास गरेपछि सफल हुन सकेन । अन्तिममा पहिलो लेगमा हात पारेको तीन एकको जित नै रियाललाई सेमिफाइनलमा पुर्याउन पर्याप्त बन्यो ।

अब सेमिफाइनलमा रियालले अर्को प्रिमियर लिग चेल्सीसँग खेल्नेछ । योसँगै लिभरपुल पछिल्ला पाँच खेलमा जितविहिन बनेको छ । रियाल ३० औं पटक युरोपियन प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । जुन अरु टिम भन्दा १० पटक भन्दा बढि हो ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment