नेपाली अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइ वाइको प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३०
  • |
  • 677 पटक हेरिएको

नेपालको अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइ वाइले प्रायोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यान र वाइवाइको उत्पादक चौधरी ग्रुपबीच सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पाँच वर्षका लागि सम्झौता भएको छ ।

वाइ वाइले यसअघि नेपालको अन्डर सिक्सिटीन टिमलाई प्रायोजन गरेको थियो ।

नेपाली क्रिकेट टिमलाई सन् २००५ देखि सहयोग गर्दै आएको वाइवाइले विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आएको छ ।

सम्झौता पत्रमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका थिए । सम्झौता ७० लाख नगद रहेको आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।

यसैगरी अन्डर नान्टीनका इभेन्टमा पनि वाइ वाइले सहयोग गर्ने छ । सम्झौता अनुसार प्रत्ययक बर्ष १० प्रतिशतका दरले रकम बृद्धि हुने पनि जनाइएको छ ।

प्रवन्ध निर्देशक चौधरीले क्रिकेटसँग फेरि जोडिन पाउँदा आफू उत्साहित भएका बताएका छन् । उनले सिनियर टिमका लागि अन्डर नाइन्टीन टिम भविष्य रहेकाले पनि आफूहरु सहयाेगका लागि तयार रहेकाे बताए । उनले आगामी दिनमा  महिला क्रिकेट टिमलाई पनि सहयाेग गर्ने प्रतिवद्धता जनाएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey