पन्तकाे कप्तानीमा दिल्लीकाे चेन्नेईमाथि सानदार जित
- नेप्लेज
- |
- २०७७-१२-२८
- |
- 527 पटक हेरिएको
इन्डियन प्रिमियर लिग आइपीएलमा साविक उपविजेता टिम दिल्ली क्यापिटर्सले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शनिबार भएको खेलमा पहिलो पटक टिमको कप्तानी गरिरहेका रिसव पन्तको टिम दिल्लीले चेन्नेई सुपर किंग्सलाई सात विकेटले हरायो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८८ रन बनायो ।
चेन्नाईका लागि सुरेश रैनाले अर्धशतकीय पारि खेल्दै रन आउट बन्न पुगे । चेन्नाईका लागि ऋतुराज गायकवाड र फाप डु प्लेसिसले ओपनिङ गर्दा शुरुवात भने राम्रो रहेन । टिमको स्कोर सात रन रहँदा प्लेसिस खाता नै नखोली आउट हुन पुग्यो । सोही स्कोरमा गायकवाड पनि व्यक्तिगत पाँच रन बनाएर आउट भए ।
त्यसपछि चेन्नाईको पारि मोइन अली र सुरेश रैनाले सम्हालेका थिए । टिमको स्कोर ६० रन भएका बेला अली व्यक्तिगत ३६ रन बनाएर आउट भएका थिए । अलीले २४ बल फेस गर्दा चार चौका र दुई छक्का प्रहार गरे । अली पछि क्रिजमा आएका अम्बाती रायडू र रैनाले पारि सम्हाल्दै टिमको स्कोर १३.५ ओभरमा १२३ रन बनाएका थिए ।
रायडूले १६ बलमा २३ रन बनाउँदै आउट भएका थिए । आक्रामक पारि खेल्दै अर्धशतक पुरा गरेका शुरेश रैना रन आउट हुन पुगे । ५४ रनको पारि खेल्दा रैनाले ३६ बल फेस गरेका थिए । उनले चार छक्का प्रहार गर्दा तीन चौका प्रहार गरेका थिए ।
खेलमा कप्तान महेन्द्र सिंह धोनी पनि फ्लप भए । उनी दुई बल फेस गरेपनि खाता खोल्न असफल रहेका थिए । रविन्द्र जडेजा र साम कुरानले चेन्नाईको स्कोर माथि पुर्याएका थिए । कुरान ३४ तथा जडेजा २६ रनमा नटआउट रहे । दिल्लीका अभेस खान र क्रिस वक्सले दुई दुई विकेट लिए ।
जवाफमा दिल्लीले १८ ओभर चार बलमा तीन विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि एक सय ३८ रनको साझेदारी गरेको थियो । उसका पृथ्वी शाले विस्फोटक ७२ रन बनाए उनले ३८ बलमा नौ चौका र तीन छक्का प्रहार गरे ।
त्यसपछि शिखर धवनपनि ब्यक्तिगत ८५ रनमा आउट हुँदा दिल्लीले एक सय ६७ रनमा दोस्रो विकेट गुमायो । उनले ५४ बलमा १० चौका र दुई छक्का प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका मार्कुस स्टोइनसले १४ रन बनाएर आउट हुन पुगे । जसका कारण दिल्लीले एक सय ८६ रनमा तेस्रो विकेट गुमायो ।