क्यानका पूर्व अध्यक्ष आङबुहाङको सांसद पद खोसियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 400 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष टंक आङबुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पद खोसिएको छ । पार्टी छोडेर प्रदेश एक सरकारको मन्त्री बनेका आङबुहाङलाई पार्टीले कारवाही गर्दै पद खासेको हो ।

प्रदेश एकको मन्त्री बनेको १० दिनमा नै माओवादी केन्द्रले सांसद पद खासेको हो । उनले नेपाल कम्युनिष्ट पार्टीको माओवादी केन्द्र छोडेपछि पार्टीले स्पष्टिकरण माग्दा समयमा नै उनले नबुझाएपछि कारवाही गरेको हो ।

प्रदेश एकका संसदीय दलको सिफारिस अनुसार उनलाई पार्टीका केन्द्रिय अध्यक्ष पेष्पकमल दाहाले पार्टीको साधारण सदस्य समेत नरहने गरेर कारवाही गरेको हो । उनी अब माओवादी केन्द्रको साधारण सदस्यपनि नरहने भएका छन । उनी प्रदेश एक सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

त्यसपछि उनलाई माओवादी केन्द्रले २४ घण्टामा स्पष्टिकरण सोध्न भनेको थियो । तर उनले त्यसको बेवास्ता गरेको बताइएको छ । उनलाई कारवाही भएपछि अब उनको मन्त्रीपद मात्र ६ महिनाको हुने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey