भुवनकाे अग्रता कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०४
  • |
  • 340 पटक हेरिएको

शुर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो चरणको खेल सकिँदा भुवन नगरकोटी शिर्ष स्थानमा एथावत छन ।

गोकर्ण गल्फ कोर्षमा जारी प्रतियोगिताको तेस्रो चरणमा भुवनले दुई ओभर ७४ स्कोर सहित कुल नौ अन्डर दुई सय सात स्कोरबार्ड बनाएका छन ।

दोस्रो चरणमा पाँच स्टोकले अगाडी रहेका उनको अग्रता केहि झरेको छ । दोस्रो स्थानमा शुक्र रहेका छन । उनले तेस्रो चरणमा एक अन्डर ७१ स्कोर खेले ।

सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङले तेस्रो स्थानमा छन । उनले अहिलेसम्म पाँच अन्डर २११ को स्कोरकार्ड खेलेका छन । उनले तेस्रो चरणमा इभन पार ७२ स्कोर खेले ।

चौथो स्थानमा रहेका सञ्जय लामाले इभन पार २१६ को स्कोरबोर्ड बनाएका छन ।

प्रतियोगितामा कुल ४४ ब्यवसायीक र १७ एमेच्युट खेलाडीको सहभागिता रहेको छ । जसमा २१ ब्यवसायीक र आठ एमेच्युर बाहिरीएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey